काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २५ गते आफ्नो दोस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुको अतिरिक्त चालू आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम तयार गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।