काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि (जीडब्लुएम नेपाल)बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीअनुसार बैंकले भीजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयूभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् तीन कार्यदिनभित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहकलाई सहजरूपमा सवारी कर्जा प्रवाह गर्नेछ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । बैंकले ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० वटा शाखा, तीन सय ६९ एटीएम, तीन सय २२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ ।