काठमाडौं । सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपूर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् ।
सिप्रदीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा सो सम्झौता भएको हो ।
उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, विजेता अटो पार्ट्स, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ । यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन् । यो सफ्टवेयर खुद्रा विक्रेताको लागि व्यापार वृद्धि र व्यवस्थापनका लागि माइलस्टोन हुने बताइएको छ ।