काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रूपान्तरण गरेको छ । संस्थाले हाल कायम रहेको सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल स्टक एक्सचेन्ज समक्ष धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेको थियो ।
सोही अनुरोधअनुसार संस्थाको कुल ३१ लाख ९८ हजार उक्त सय ८१ दशमलव ३० कित्ता सेयरमध्ये परिवर्तित पुँजी संरचनापश्चात् कायम भएको संस्थापक सेयरधतर्फ १६ लाख ३१ हजार ७२ दशमलव ४६ र सर्वसाधारण समूहतर्फ १५ लाख ६७ हजार एक सय आठ दशमलव ८३ कित्ता सेयर अनुपात कायम रहने गरी सेयर रूपान्तरण गरेको हो । यसअनुसार अब संस्थामा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ५१ र ४९ प्रतिशत कायम भएको छ ।