न्युयोर्क,अमेरिकाको ठूलो सहर न्युयोर्कमा नेपालीहरुको अर्को एउटा नयाँ संस्था काठमाडौँ समाज (युएसए) इन्क नामक संस्था स्थापना गरिएको छ । अमेरिकामा बाक्लो नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरमा नेपालका विभिन्न ठाउँबाट आएका विभिन्न जात जातिका मानिसले यहाँ धार्मिक तथा आफ्नो जन्मस्थान, जातिको पहिचान हुने गरी थुप्रै संघ संस्था स्थापना गरेका छन् । आफ्नो कला, संस्कृति, धर्म आदिको प्रचार प्रसार पनि गर्ने गरेका छन् ।
हालै स्थापना गरेको उक्त समाजमा कलाकार, व्यापारी, मोडल, राजनीतिक व्यक्तिलगायत विभिन्न पेसामा लागेका व्यक्तिहरु रहेका छन् । न्युयोर्क बसोबास गर्दै आएका बरिष्ठ गायक राजेश हमालको अध्यक्षतामा गठन गरिएको उक्त समाजको उपाध्यक्षहरुमा पेमा छेवाङ्ग शेर्पा, सूर्य सिमखडा, अमित पाण्डे रहनुभएको छ । कोषाध्यक्षमा भुवन खत्री, सचिवमा इतना कार्की , सहसचिवमा नरेन प्रजापती छन् । बरिष्ठ सल्लाहकारहरुमा नवराज केसी, मोहन वाइबा, ओमविक्रम विष्ट र पशुपति श्रेष्ठ रहेका छन्। उक्त समाजले अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुसित सम्पर्क राखी समन्वय गर्ने कुरा अध्यक्ष राजेश हमालले बताएका छन्।