काठमाडौं । बिज एजुकेसनले बेलायतमा अध्ययन गर्न जान चाहने विधार्थीलाई लक्षित गर्दै ‘युके एडमिसन विक’ आयोजना गरेको छ । गठ्ठाघरस्थित आफ्नै कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा युकेका प्रसिद्ध कलेज तथा युनिभसिर्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिज एजुकेसनका कन्ट्री म्यानेजर केदार प्रसाद भट्टराईले बेलायतमा रहेका विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा जानकारी गराएका थिए । उनले बिज एजुकेसनले पछिल्लो समय युके अध्ययनमा नेपाली अभिभावक तथा विद्यार्थीहरूको रूचि बढ्दै गएको र उनीलाई युकेमा अध्ययनसम्बन्धी विभिन्न जिज्ञासा तथा कहुतुहलता समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा युनिभसिर्टीका प्रतिनिधिहरूले विधार्थीलाई युनिभसिर्टीमा उपलब्ध कोर्स, सुविधा, डकुमेन्टेसन, स्कलरसिप तथा अपलाई प्रोसेसलगायतका विषयमा परामर्श प्रदान गरेका थिए ।