काठमाडौं,नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द्र सर्वसम्मत चयन भएका छन् । उनी यो सँगै दुई कार्यकाल अध्यक्ष हुन सफल भएका छन् । उनी बिरुद्ध बिभिन्न ब्याक्तिहरुले उम्मेदवारी दिने भने पनि उनले अन्तयमा सबैलाई चत्तुरपूर्वक मिलाएर अध्यक्ष हुन सफल रहे ।
एक समय बिबादमा रोमलिएका चन्द्र नेपाललाई ओडीआई मान्यता जोगाउन सफल भएदेखि,नेपाल एसीया कपमा समाबेस हुनु,विश्वकप छनोटमा पुग्नु र क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा अभिभाबकिय भुमिका निर्वाह गरेपछि उनि एका एक लोकप्रिय बनेका थिए ।
त्यसको फाइदा अहिले उनले निर्वाचनमा लिन सफल रहे । त्यसै गरि उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् । क्यानको सचिवमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
क्यानका पूर्व पचिव प्रशान्त विक्रम मल्ल र पूर्व कप्तान समेत रहेका क्रिकेटर पारस खडकाबीच चुनाब हुने देखिएको छ । पारस र प्रशान्त दुबै जना चत्तुर बहादुर चन्द्र निकट रहेका छन् । यो अबस्थामा कस्लाई समर्थन गर्ने भन्ने कुराले चन्द्र धर्मसंकटमा परेको देखिन्छ । चन्द्रले आफ्ना पूर्व सहयोगी प्रशान्त विक्रम मल्ललाई सहयोग गर्छन् वा पूर्व कप्तान पारस खडकालाई जिताएर समर्थकको थप मन जित्छन् त्यो भने निर्वाचनपछि मात्र थाहा हुने छ । तर खडका र मल्लबीचको प्रतिस्पर्धालाई अर्थपूर्ण र चासोको रुपमा हेरिएको छ ।