काठमाडौं, वैशाख २४
मञ्जुुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १९ करोड ३२ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा तीन सय २२ दशमलवले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ५७ लाख रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८१ करोड रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा पाँच अर्ब ५० करोड रूपैयाँ भदा बढी निक्षेप संकलन गरी पाँच अर्ब ६० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा २९ करोड ११ लाख रूपैयाँ खुुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ४३ दशमलव कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ९१ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव ९६ दशमलव कर्जा निष्क्रिय रहेको थियो । चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर नेटवर्थ एक सय २५ रूपैयाँ आठ पैसा रहेको फाइनान्समा कर्जा तथा निक्षेप बिचको ब्याजदर अन्तर (स्प्रेड दर ) भने चार दशमलव ५२ दशमलव रहेको छ ।