काठमाडौं, वैशाख २४
आरएमडिसी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १४ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ करोड ४४ लाख ४८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३८ करोड ७७ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २४ करोड ४८ लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ७४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव आठ रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ८१ करोड ४२ लाख ८९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ८९ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ३४ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।