काठमाडौं, वैशाख २४ नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ४० लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो मुनाफा गन आवको सोही अवधिको तुुलनामा दुुई दशमलव ६४ दशमलवले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो मुुनाफा १३ करोड छ लाख ३६ हजार रूपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रति सेयर आम्दानी तथा प्रतिसेयर नेटवर्थ भने घटेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १६ रूपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६४ रूपैयाँ ८६ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको प्रति सेयर आम्दानी २८ रूपैयाँ २० पैसा तथा प्रतिसेयर नेटवर्थ दुई सय एक रूपैयाँ २१ पैसा रहेको थियो ।