काठमाडौं । होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सकिनेछ । यसका साथै ‘चुज योर स्किम’अन्तर्गत १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड वा १२ हजार पाँच सय रुपैयाँ बराबरको पाँच एएमसी प्याकेज पाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले ‘एक फाइनान्स योजना’ मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको जनाएको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रूचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।