भारत । भारतको विदेशी मुद्रा सञ्चिति घटेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्युन बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ सम्मको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति पाँच सय ९३ अर्ब डलरमा झरेको छ । जुन सञ्चिति चार महिनामाअघिको तुलनामा आठ सय ६० मिलियन डलरले कम हो ।
भारतमा सेप्टेम्बर लागेदेखि नै विदेशी विनिमय सञ्चिति घट्दो क्रममा छ । सेप्टेम्बरको सुरुमा भारतसँग पाँच सय ९८ अर्ब अमेरिकी डलर थियो । विश्वव्यापी घटनाक्रमका कारण विदेशी मुद्रा सञ्चितिमा कमी आएको देखिन्छ । यस्तै चामल, प्याज लिगायतका खाद्यवस्तुमा निर्यात कर लगाउँदा पनि विदेशी मुद्रा आर्जनमा असर परेको बताइएको छ ।