बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । सोमबार उनले दिएको प्रतिक्रियामा चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि सो धारणा राखेका हुन् । उनले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे ।
नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उनले सो अवसरमा व्यक्त *+-
गरेका थिए । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्रीसहित उनको प्रतिनिधिमण्डल सोमबार सो कम्पनीको मुख्यालयमा पुगेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।