काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनको सातौँ वार्षिक साधारणसभा तथा अधिवेशनले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । साधारणसभाले आगामी दुई वर्षका लागि दीपककुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा रहेका छन् । अन्य सदस्यहरूलाई पनि नयाँ कार्यसमितिमा यथावत् रहने निर्णयलाई सभाले सर्वसम्मतिले पारित गरेको एसोसिएसनले जनाएको छ । साधारणसभामा संस्थाका महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा एसोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए भने कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।