काठमाडौं । बुधबार पनि काठमाडौंमा आन्दोलनरत राहत शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले माइतीघर मण्डलामा भेला भएर नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा विरोध प्रदर्शन गरेका हुन् ।

शिक्षक महासंघले धोका दिएको भन्दै राहत शिक्षकहरुले आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । शिक्षकहरुको प्रदर्शनले गर्दा माइतीघर नयाँबानेश्वर सडकखण्डमा सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।