काठमाडौं । राष्ट्रिय सभागृहमा सडकव्यवसायीहरू पनि बुधबारदेखि अभियन्ता ई:सँगै आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगर र ई:का प्रतिनिधिबीच मंगलबार करिब ३ घण्टा लामो वार्ता भए पनि त्यो वार्ता सफल हुन सकेन ।
पहिले भएको सहमतिबाट काठमाडौं महानगरपालिका पछि हटेपछि सामाजिक अभियन्ता ईः र उनका प्रतिनिधिसँगको वार्ता निष्कर्षविहीन भएको थियो । पहिलेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने व्यवसायी र ई: का प्रतिनिधिहरूले माग राखेका थिए । तर महानगर प्रतिनिधिहरूले उक्त माग स्वीकार गरेनन्।
दसैं-तिहारजस्ता चाडपर्व नजिकिएकाले ईःका प्रतिनिधि र व्यवसायीले केही ठाउँको नाम लेखेर त्यहाँ व्यापार गर्न पाउनुपर्ने माग राखेका थिए । छठसम्म निश्चित समय तोकेर त्यस ठाउँमा व्यापार गर्न दिनेमा महानगरले सहमति जनाएको थियो।