काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १८ दशमलव ४५ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १८ दशमलव ६० अंकले ओरालो लागेर दुई हजार चार दशमलव ३० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २९ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८२ वटा कम्पनीहरुको ५८ हजार तीन सय ६७ पटक सेयर किनबेच भएको छ । जस अन्तर्गत ७० लाख ६१ हजार चार सय चार कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो देखिएको छ ।