काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयर सीएलआर्ई सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको तीन करोड ७५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । बुधबार कम्पनी र नेप्सेबीच सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता सेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) समेतमा वितरण गरिएको एक करोड १२ लाख कित्ता अर्थात् ३० प्रतिशत, कम्पनीका संस्थापक सेयरधनीको लगानी गरेको दुई करोड ६२ लाख ५० हजार कित्ता अर्थात् ७० प्रतिशत समेत गरी तीन करोड ७५ लाख कित्ता सूचीकृत भएको हो ।
कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो सेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता एक सय ७२ रुपैयाँ ४३ पैसादेखि अधिकतम पाँच सय १७ रुपैयाँ २९ पैसासम्म रेञ्ज दिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।