काठमाडौं ,गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’ को भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् ।
भिडियोको छाँयांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् ।सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ ।
उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरि राखेको देख्न सकिन्छ ।गीतकार अधिकारीले यो गीतलाई केही समय अघि नै तयार गरेकी थिइन् । ‘समय नमिलेका कारण दर्शकश्रोतामाझ ल्याउन सकेकी थिइनँ । अहिले बल्ल आएर सार्वजनिक गरेको छु । आशा छ सबैले मन पराउनुहुनेछ’– गीतकार तथा निर्देशक अधिकारीले बताईन् । गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो । उनी गीत लेखनका साथमा निर्देशनमा पनि अब्बल हुने तयारीमा छिन् ।