सहकारी व्यवस्थापन समितिको कार्यालयले पशुपति सेभिङ्ग एण्ड क्रेडिटको रकम लिनुपर्ने भए दाबी गर्न बचतकर्ताहरुलाई आग्रह गरेको छ । समितिले ३५ दिन भित्र दाबी पेश गर्न बचतकर्ताहरुलाई आग्रह गरेको हो ।

पशुपति सेभिङ्ग एण्ड क्रेडिट सहकारीलाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरको २०८० साल साउन १ गते को निर्णयले समस्याग्रस्त सहकारी भनि घोषणा गरेको थियो ।