पाचथर,दुई करोड दिएर पाचथर,गत स्थानिय निर्वाचन अघि फिदिम नगरपालिकाको टिकट लिनका लागि पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आर्जु राणासँग दुई करोड रुपैयाँ लेनदेनको अडीयो सार्वजनिक गरेको आरोपमा नेपाली कांग्रेसको अनुसासन समितिले नेपाली कांग्रेस फिदीन नगरपालिकाका नगर सभापति प्रकास गुरुङलाई ३ बर्षका लागि पार्टी सदस्यता समेत नरहने गरि कारबाही गरेको छ ।
अनुसासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले उनलाई पार्टीबाट निस्कासन गरेका हुन । गुरुङले जिल्ला सहसचिव सन्तोस श्रेष्ठसँग २०७४ सालको स्थानिय तहको निर्वाचन पूर्व गरेको टेलिफोन संवाद गत असार १३ गते सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए ।