काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं सेयर बजार ऋणात्मक देखिएको छ । आज आईतबार बजार परिसुचक ३३ दशमलव २० अंकले ओरालो लागेर १९ सय ७१ दशमलव १० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५५ अंकले ओरालो लागेर तीन सय ७७ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ८२ हजार आठ सय पटकको कारोबारमा ६७ लाख २३ हजार चार सय कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आज कुल कारोबार रकम एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।