काठमाडौं । मिड सोलु हाइड्रो पावरकम्पनीको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ । सम्झौँतापश्चात् मिड सोलु हाइड्रोपावर कम्पनीको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरू सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू एनआईसी एसिया क्यापिटलले गर्ने भएको छ । कम्पनीका अनुसार दुवै पक्षबीच भएको यो सम्झौता यही असोज १२ गते गते शुक्रबारदेखि कार्यान्वयनमा आएको हो ।