काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका छन् । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताको तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् । एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । घटनापछि थप प्रहरी परिचालन गरिएको छ । अहिले मतगणना भइरहेको छ ।