काठमाडौं, वैशाख २५
मितेरी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड आठ लाख १२ हजार चार सय सात रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड ४६ लाख ५५ हजार पाँच सय ६७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ६९ करोड ३३ लाख ७१ हजार दुुई सय ५० रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ९५ करोड ८९ लाख ६८ हजार चार सय २५ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २३ करोड ५९ लाख ४३ हजार सात सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ३८ लाख ४९ हजार २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वित्तरणयोग्य नाफा छ करोड १४ लाख ५९ हजार छ सय १५ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ७१ करोड ७३ लाख १५ हजार दुुई सय २६ रुपैयाँ निक्षेप संंकलन गरी चार अर्ब तीन करोड ७९ लाख १४ हजार छ सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैकले १९ करोड ७३ लाख ९० हजार पाँच सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।