प्युठान, मल्लरानी गाउँपालिका-३ सालठाटीस्थित लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । उक्त लिमिटेडको च्यानलगेटमा लगाएको ताला फोडी कार्य संचालन गर्ने काउन्टर, लेखा कोठा र अध्यक्ष कक्षमा रहेका सेफ सहित तोडफोड गरेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले चोरीमा हाल संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।