१९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले नेपाल सामु २०३ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर नेपाल बिरुद्ध व्याटिङ रोजेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २०३ रन बनायो । भारतका लागि ओपनर ब्याटर एसएसपी जैसवालले १०० रनको शतकिय पारि खेले ।
रिङ्कु सिंहले ३७ रन,शिभम दुबे २५ र रुटराज गाईकडले पनि समान २५ रन प्रहार गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरी २ विकेट,सन्दीप लामिछाने १ र सोमपाल कामीले १ विकेट लिए ।
जबाफी ब्याटिङ गरेको नेपाल पुरा ओभर खेली १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागी कुशल भुर्तेल २८,कुशल मल्ल २९,दिपेन्द्र सिंह ऐरी ३२,सन्दीप जोरा २९,करन केसी १८,आसिफ सेख १०,सोमपाल कामी ७,गुलशन झा ६ र सन्दीप लामिछाने ५ रन बनाए । भारतका लागि रबी बिस्नाई,३ आबेस खान ३,अर्शदिप सिंह २ र साई किशोरले १ विकेट लिए । नेपाल यो हारसँगै प्रतियोगिताबाटा बाहिरीएको छ ।