काठमाडौं । कुमारी बैंकले पाँचवटा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैँसेपाटी र टौखेललगायत नयाँ पाँच ठाउँमा शुक्रबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु-याउने योजना बनाएको बताएको छ ।
बैंकले देशभर तीन सय आठवटा शाखा सञ्जाल, तीन सय नौवटा एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।