काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना स्वयम्भुबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् । पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा खुल्न आएको छ । पक्राउ परेका उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने छ । दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने यस प्रकरणका गिरोहमध्ये ७ जना यसअघि पक्राउ परिसकेका छन् ।