काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं शाखाको अध्यक्षमा नारायणप्रसाद दाहाल चयन भएका छन् । राजधानीमा सम्पन्न महासंघको आठौँ अधिवेशनले दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
महासंघको प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितीय उपाध्यक्षमा दिलीप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्वाचित भएका छन् । यस्तै, लेखा समितिको संयोजकमा कमल रिजाल र सदस्यहरूमा कमल अछामी, गोविन्द पौडेल, धनन्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, ईश्वरी मरासिनी, नुदप्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे निर्वाचित भएका छन् । काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वोच्च अदालतको आदेशविपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढङ्गबाट बिक्रीवितरण भइरहेको पुस्तक तथा कापीलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसुर नराख्ने बताएको छ ।