सर्लाही । हरिवन नगरपालिका–४ गणेश चोक बस्ने ३९ वर्षीय बिक्रम खत्रीको घरमा पार्किङ गरी राखेको भेनमा आगलागी भएको छ । ना.१ ज ३२०० नम्बरको म्याजिक भेनमा सोमबार राति आगलागी हुँदा भेनको ईन्जिनलगायत भित्री भाग पूर्णरुपमा जलेको छ । प्रहरीका अनुसार भेन जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।