काठमाडौं,दिल्ली प्रहरीले न्यूज क्लीक नामक समाचार पोर्टल तथा करीब ३० जना जान्नेमान्ने पत्रकारहरुको निवासमा मंगलबार बिहान छापा मारेपछि नेपालमा पनि स्वदेशी सहयोगमा संचालित बिभिन्न पोर्टल संचार माध्यमहरुमा डर र त्रासको पराकम्प गएको छ ।
भारतीय प्रहरीले न्यूज क्लीक पोर्टल र ती पत्रकारहरुले चिनियाँ सहयोग लिएको आरोप लगाएको प्रहरीले छापा मारेर केही पत्रकारहरुलाई सोधपुछका लागि लगेको र कम्पयुटर,ल्यापटप र मोवाईलहरु नियन्त्रणमा लिएको बताइएको छ ।
नेपालमा ओपन सोसाइटि एसिया फाउण्डेशन,सीआरआई लगायतका विदेशी संघ संस्थाबाट नियमित अनुदान रकम लिएर केही मिडीया निर्वाध रुपमा निरन्तर चल्दै आएको चर्चा हुँदै आएको छ ।
दिल्ली प्रहरीले गरेको उक्त अप्रेशनले नेपालमा प्रतिवन्धित विदेशी सहयोगमा चलेका ती मिडीया हाउसहरुमा स्वभाविक रुपमा डर त्रास पैदा हुन पुगेको हो । दिल्लीको घटनापछि उनीहरुले आफूलाई असुरक्षित महसूस गर्न थालेका छन् ।