काठमाडौं । गृहमन्त्रीको अनिवार्य उपस्थितलाई बेवास्ता गर्दै सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एकाएक गायब भए । प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा हिजो(बुधबार) बसेको सुरक्षा परिषद्को बैठकलाई छल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ मधेस प्रदेश निरीक्षणमा निस्किएका थिए ।
धरान, मलंगवा हुंदै नेपालगन्ज पुगेको धार्मिक दंगाबारे छलफल गर्न बसेको उक्त बैठकमा ती क्षेत्रमा प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको निष्कर्ष बैठकले निकालिएको थियो तर बैठकमा गृहमन्त्री श्रेष्ठ उपस्थित थिएनन् । उनी बैठक छल्न नेपाल प्रहारीका महानिरीक्षक बसन्त कुंवर, शसस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गुप्तचर हुतराज थापालाई लिएर मधेस प्रदेश निरीक्षणमा निस्किएका थिए । परिषद्को बैठकलाई छलेर मधेश निरीक्षणमा निस्किएका उनी साँझमा भने एमसीसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन)को रात्रीभोजमा उपस्थित थिए ।
उपप्रधानमन्त्री पूर्ण बहादुर खडका, परराष्ट्रमन्त्री एन पी साउद, अर्थमन्त्री प्रकाश शरण महत, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास बैरागी, प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरण राज शर्माको सहभागिता रहेको बुधबार बसेको उक्त बैठकमा सेनालाई हाई एलर्ट राख्ने निर्णय भएको छ ।