काठमाडौं । करिब दुई सय वटा गाई तस्करी गर्दै गरेको पाँच वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको चिसापानीबाट हिन्दु जागरण नेपालको आग्रहमा अवैध रुपमा तस्करी गर्दै जानकी गाउँपालिकाबाट काभ्रे चौपाया खरिद बिक्री केन्द्रले लैजान लागेका पाँच वटा ट्रकमा राखिएको दुई सय वटा गाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्रकमा काभ्रे लैजान लागिएका गाई फिर्ता पठाएको बताएको छ । हिन्दु जागरण नेपाल कैलालीका जिल्ला अध्यक्ष टंकबहादुर देउवाका अनुसार जानकी गाउँपालिकाको मिलेमतोमा काभ्रे चौपाया खरिद बिक्री केन्द्रले राष्ट्रिय जनावर गाई तस्करी गर्न लागेको भन्दै हिन्दु जागरण कैलालीले आक्रोश ब्यक्त गदै गाई तस्करमा संलग्न गाउँपालिका र गाई तस्कर गर्ने चौपाया केन्द्रलाई कडाभन्दा कडा कारबाहीको सम्बन्धित निकायसँग माग गरेको छ ।
गाई असोज १५ गते राति करिब ११ बजे ईलाका प्रहरी कार्यालय चिसापानीले ट्रकसहित नियन्त्रणमा लिई गाउँपालिकामानै फिर्ता पठाएको थियो । तर, पछिल्लो दिन असोज १६ गते सबै कागजपत्रहरु मिलाएर बिहान पाँच वटै ट्रक चिसापानीबाट अगाडी गएका थिए । सबै कागजपत्र देखाएपछि ईलाका प्रहरी कार्यालय चिसापानीले सो ट्रक अगाडी जान दिएपनि ईलाका प्रहरी कार्यालय भुरीगाउँ बदिर्याले फेरी पाँच वटा ट्रकसहित गाईलाई फिर्ता पठाएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । सोही दिन उक्त पाँच वटा ट्रक जानकी गाउँपालिका–५ मा पठाइएको थियो भने हिजो(बिहीबार) ट्रकमा रहेका गाईलाई हिन्दु जागरणका युवा र ईलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा उन्मुक्ति दिएर ट्रक ईलाका प्रहरी कार्यालय लम्कीमा राखिएको छ ।