काठमाडौं, वैशाख २६
दि नेपाल डिष्टिलरिजले आफ्नो सामाजिक पहलअन्तर्गत कोरोना भाइरस (कोभिड–१९)को कारण अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्न एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । विशुद्ध सेवाभावका हेतुले कम्पनीले ल्याएको यो नयाँ योजनाअनुसार सहयोगी मन हुनेहरुले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्बिर वा भिडियो, जानकारीसहित आफ्नो फेसबुकमा ह्याक्स द न्यू ब्रेभ लेखी सेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ ।
यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फबाट हरेक पोष्टबराबर एक हजारका दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेकालाई खाद्यान्न तथा औषधिजन्य सामग्री उपलब्ध गराउनेछ । दि नेपाल डिष्टिलरिजको समाजिक पहलअन्तर्गत सुरु गरिएको यो योजनामा सहभागी भई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो सुरुवातबाट धेरैले लाभ लिन सक्नेछन् । यो योजनाअनुरुप जति धेरै मानिसले फोटो वा भिडियो पोष्ट ग-यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरिजका तर्फबाट जम्मा हुन जान्छ । जुन रकम वास्तविक रुपमा खाँचोमा परेकाहरुले प्राप्त गर्ने मौका पाउँछन् ।