काठमाडौं । न्यूयोर्क नेवा गुठी न्यूयोर्कले काठमाडौंमा नेवा दे दवुले बनाउन लागेको नेवा छ्ये (नेवा घर)का लागि रकम हस्तान्तरण गरेको छ । काठमाडौंस्थित नेवाहरुको संस्था नेवा दे दवुले काठमाडौंमा नेवारी कला झल्किने विशाल घर निर्माण गर्न लागेकोमा विश्वका विभिन्न मुलुकमा रहेका नेवा संघ संस्थाहरुले आर्थिक सहयोग गरेका हुन् ।
आर्थिक सहयोग गर्ने क्रममा न्यूयोर्कमा बसोबास गरेका नेवाहरुले पनि नेवा गुठी न्यूयोर्कबाट संकलन गरेको छ लाख पाँच सय ३० रुपैयाँ ३० पैसा नेवा दे दवुका अध्यक्ष पवित्र बज्राचार्यलाई नेवा गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंहले हस्तान्तरण गरे । उक्त रकम न्यूयोर्कमा रहेका विभिन्न १९ जनाले सहयोग स्वरुप प्रदान गरेका हुन् ।
यसरी सहयोगस्वरुप विजयमान सिंहले एक लाख, धर्मेन्द गोपालीले एक लाख, कुमार खड्गीले २५ हजार, समुन्द्र रञ्जितले २५ हजार, सिर्जना मल्लले ५० हजार, न्हुच्छे डंगोलले २५ हजार, वीरेन्द्रप्रसाद श्रेष्ठले २५ हजार रुपैयाँ प्रदान गरेका हुन् । त्यस्तै, डलरमा सरिता श्रेष्ठले ८१, आदित्य महर्जनले तीन सय, रोसन महर्जनले दुई सय, लक्ष्मी रञ्जितले दुई सय, पशुपति श्रेष्ठले दुई सय, बीके नेवाले दुई सय, सुरजलक्ष्मी श्रेष्ठले एक सय, निलिमा शाक्यले दुई सय, मिम नकर्मीले दुई सय, कृष्ण श्रेष्ठ र ईश्वरी श्रेष्ठले दुई सय ५०, रामकृष्ण महर्जनले दुई सय, सुवर्ण शाक्यले दुई सय डलर प्रदान गरेका हुन् ।