धनगढी । आइतबार एक कार्यक्रमका बिच पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन कार्यक्रम उद्घाटन हुने भएको छ । सो कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायतको अध्यक्ष ओलीसँगै उपस्थिति हुने जनाइएको छ ।
नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेको छन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेको अध्यक्ष दामोदर भण्डारीले बताएका छन् । उनले अधिवेशनमा ६७५ जना प्रतिनिधि सहभागी रहने पनि जानकारी दिए ।