काठमाडौं । चाडपर्वको मुखमा सेवाबाट बन्चित गरिएका वीर अस्पतालका नर्सहरुले आन्दोलन सुरु गरेका छन् । माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा आज(आइतबार) करिब १२ बजेदेखि कोभिडको समयमा करारमा नियुक्ति गरिएको दुई सय २१ जना स्टाफ नर्सहरुले आन्दोलन गरेका हुन् ।
उनीहरुले ‘चाडपर्वको मुखमा सेवाबाट निकाल्न पाईदैन्, जागिरको सुनिश्चित गर, श्रम शोषण गर्न पाईदैन्, स्वास्थ्यकर्मीलाई हेप्न पाईदैन्, स्वास्थ्यमा भ्रष्टाचार गर्न पाईदैन्, कारारमा रहेका नर्सहरुलाई म्याद थप गर, डिउटीमा रहेका स्वास्थ्यकर्र्मीलाई तनाब दिन पाईदैन्’, लगायतका नारा लगाएका छन् । उनीहरुलाई वीर अस्पतालले गत १९ गते सेवाबाट निस्कासन गरेको थियो ।
स्टाफ नर्स एलिसा फुयालको नेतृत्वमा पीडित नर्सहरुले विभिन्न माग राखी वीर अस्पतालको निर्णय विरुद्ध ‘विरोध कार्यक्रम’ र आन्दोलन थालेका हुन् । उनीहरुको मागहरुमा ‘म्याद थप गर्नुपर्ने, ३ महिनादेखि नपाएको तलब पाउनु पर्ने, कारारका कर्मचारी हटाउने हो भने सम्पूर्ण अस्पतालमा रहेको कारार स्टाफ नर्स हटाउनु पर्ने, कोभिड भत्ता उपलब्ध गराउनु पर्ने’,लगायत रहेका छन् ।