काठमाडौं । नेपालीहरूको महान् चाड वडादशैंंको अवसरमा ग्राहकलाई छुट दिने सम्बन्धमा सानिमा बैंक र दराजबीच सम्झौता भएको छ । ‘दशैं धमाका’ योजनाअन्तर्गत् विशेष छुट दिने सहकार्य भएको सानिमा बैंकले जनाएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजार पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गर्ने बताइएको छ । छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सड्ढलन गर्नुपर्ने बताइएको छ ।
बैंकका अनुसार यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ । बंैकको देशको सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय तथा एक सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।