चीन । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी वाणिज्य विभागले केही चिनियाँ कम्पनीहरुलाई आफ्नो निर्यात नियन्त्रण ‘इकाइ सूची’मा राख्ने कदमको विरोध गरेका छन् ।
अमेरिकाको वाणिज्य विभागले हालै तथाकथित रुस–सम्बन्धित कारणहरुले गर्दा धेरै चिनियाँ संस्थाहरुलाई आ–आफ्नो निर्यात नियन्त्रण ‘इकाइ सूची’मा राखेको मिडिया प्रश्नको जवाफमा प्रवक्ताले टिप्पणी गरेका हुन् ।
‘यो कदम आर्थिक जबरजस्ती र एकपक्षीय धम्कीको एक विशिष्ट कार्य हो’ प्रवक्ताले भनेका छन् । अमेरिकी पक्षले राष्ट्रिय सुरक्षालाई सामान्यीकरण गरेको र निर्यात नियन्त्रण उपायहरुको दुरुपयोग गरी चिनियाँ कम्पनीहरुमाथि एकतर्फी प्रतिबन्ध लगाएको उनले बताए ।