काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड मर्ज हुने भएका छन् । दुवै संस्थाहरूले बिहीबार औपचारिकरूपमा मर्जर सम्झौता गरेका हुन ।
समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २०८० साल असार २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकीकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङलगायत अन्य सेवाहरू छुट्टाछुट्टैरूपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरू आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ व्यवसाय सञ्चालन गर्नुपर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच आपसमा गाभ्ने/गाभिन लागेको हो ।
मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ । साथै अझ सबलरूपमा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।