काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता भएको छ । बैंकिङ लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्ने बारेमा सम्झौता भएको मर्चेन्टले जनाएको छ ।
मंगलबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिवप्रसाद शर्मा र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत हुने मर्चेन्टले जनाएको छ ।