काठमाडौँ । सोमबार राष्ट्रपति भवन अगाडि मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन गर्ने क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीद्वारा पक्राउ परेका समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, लक्ष्मण पुडासैनीलगायत ११ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ ।
शान्ती समाजले राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको हो ।