काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३७ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पनि १२ दशमलव ५८ अंकले ओरालो लागेर १९ सय आठ दशमलव ६६ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ६४ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४८ हजार चार सय ४४ पटकको कारोबारमा ४३ लाख २७ हजार एक सय ७९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।