काठमाडौं । नेपाली लेखक संघको प्रथम जिल्ला अधिवेशन आगामी शनिबार हुने भएको छ । नेपाली राजनीति र साहित्यका मूर्धन्य व्यक्तित्व बिपी कोइरालाद्वारा २००८ सालमा स्थापित संस्था नेपाली लेखक संघ(तत्कालिन उपत्यका समिति)लाई केन्द्र, प्रदेश र जिल्ला जिल्लामा विस्तार गर्ने क्रममा यहि असोज २७ गत(शनिबार) ललितपुर जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन हुने भएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरको सभाहलमा हुने उक्त अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवं विचारक बिश्वप्रकाश शर्माबाट दिउँसो साढे १ बजे हुने छ । साथै, उक्त कार्यक्रममा साहित्यप्रेमी, अनुरागी, लेखक, सर्जकहरुलाई विशेष आमन्त्रण गरिएको छ । संघ एउटा बिचारको मन्च भएकाले फुटकर रचनादेखि पुस्तक प्रकाशन गर्ने सबै प्रजातन्त्रवादी स्रस्टा संघको सदस्य बन्न सक्ने छन् ।