काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा भ्रष्टाचारको अन्त्य र महङ्गी नियन्त्रणको माग गर्दै नाराबाजी गरेको छ । पार्टीले आज(सोमबार) दिउँसो गरेको नाराबाजीबाट जनताको जिवनमा प्रत्यक्ष असर पर्ने महङ्गी, भ्रष्टाचार, बेथिती, बिसङ्गतीलगायत बिषयमा जिम्मेवार निकायहरूको ध्यानाकर्षण गराएको जनाएको छ ।
चाडवाडको बेलामा हुने कालोबजारी र महङ्गी तत्काल नियन्त्रण गर्न दबाब सिर्जना गर्दै राप्रपा ईकाई अध्यक्ष कमल बहादुर काफ्लेको नेतृत्वमा राप्रपा केन्द्रिय सदस्य कुन्तीदेबी पोख्रेललगायत करिब ६० जनाको संख्याले ब्यानरसहित थली चोकबाट नगरपालिका भवनतर्फ नाराबाजी गरेका थिए । उनीहरुले उर्लदो महंगी नियन्त्रण गर, कालोबजारीलाई कारवाही गर, भ्रष्टचारको अन्त्य गर, बजार अनुगमन तत्काल सुरू गर, नगरपालिकाबाट संचालित योजनाहरू पारदर्शी गर लगायतका नारा लगाएका थिए ।