काठमाडौं, वैशाख २६
चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ६८ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ८५ लाख ८८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १९ करोड ९० लाख २० हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६३ करोड ७४ लाख ७५ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ७४ करोड ५२ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा नौ करोड २६ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख ९७ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ५३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ७५ लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड ४५ लाख २२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ३९ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ३७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७२ प्रतिशत रहेको थियो ।