काठमाडौंं । इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग मंगलबार छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न सरकारलाई आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको बताएका छन् । मंगलबार उनले २०० भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा जानकारी दिए ।
मृतकको शव चाँडो नेपाल ल्याउन आफूले इजरायलका राजदूतलाई बोलाएर त्यहाँ रहेका नेपालीको सुरक्षा र घाइतेको उपचारको व्यवस्था गर्ने विषयमा पनि छलफल गरेको उनले बताए ।