काठमाडौं, वैशाख २६
युुनाइटेड फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड १६ लाख ९२ हजार पाँच सय २७ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा पाँच करोड १२ लाख ५० हजार आठ सय ९१ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ४६ रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ५९ करोड तीन लाख ५४ हजार छ सय ५४ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८१ करोड ६९ लाख ४२ हजार नौ सय ९८ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २६ करोड ६२ लाख ६७ हजार छ सय ८० रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्स एक दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर पाँच दशमलव २६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ५५ करोड ७५ लाख ९३ हजार चार सय १९ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९५ करोड १६ लाख ८२ हजार एक सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ६३ लाख ४६ हजार एक सय ९० रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७१ प्रतिशत रहेको थियो ।