जनकपुरधाम । बुधबारदेखि यहाँ नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन सुरु हुँदैछ । पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको र एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको बताए । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।